नगरपालिकाले पत्रकार महासङ्घलाई जग्गा उपलब्ध गराउने

गोलबजार– लहान नगरपालिकाले नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका लागि १० धुर जग्गा उपलब्ध गराउने भएको छ । महासङ्घ सिरहा शाखाको १३ औँ साधारणसभामा नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले महासङ्घको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।  देश र समाज विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारिता क्षेत्रका लागि आफूले कानूनीरूपमा सबै सहयोग उपलब्ध गराउने विश्वास […]

सम्बन्धित सामग्री

टीकापुरमा सेनाको ब्यारेक राखिँदै

टीकापुरमा नेपाली सेनाको क्याम्प राख्न पहल थालिएको छ । टीकापुर नगरपालिकाले २०७५ सालमै जग्गा उपलब्ध गराउने निर्णय पठाए पनि काम सुरु हुन सकेको थिएन ।

भक्तपुरको चाँगुनारायणमा बन्ने भयो नमुना सांस्कृतिक औद्योगिक ग्राम

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा मौलिक सीप, कला र घरेलु उद्योग लक्षित नमुना सांस्कृतिक औद्योगिक ग्राम बन्ने भएको छ । चाँगुनारायण नगरपालिका- ७ वागेश्वरीस्थित गुरुङटारमा उक्त औद्योगिक ग्राम बन्ने भएको हो । सांस्कृतिक औद्योगिक ग्राम बनाउन नगरपालिकाले बागमती प्रदेश सरकारसमक्ष गुरुङटारस्थित ६३ रोपनी सरकारी जग्गा उपलब्ध गराउने सर्वपक्षीय निर्णयसहित सिफारिस गरेर पठाइसकेको चाँगुनारायण नपाका मेयर […]

बसपार्क सञ्चालनमा ढिलाइ

बागलुङमा निर्माण गरिएको आधुनिक बसपार्क प्रयोगविहीन भएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरमा करिब नौ करोड रुपियाँ लागतमा निर्माण भएको उक्त बसपार्क निर्माण सम्पन्न भएको साढे दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । बसपार्कका लागि जग्गा उपलब्ध गराउने जग्गादाता र नगरपालिकाबिच भएको सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा बसपार्क सञ्चालन गर्न समस्या भएको हो । नगर विकास कोषको ऋण सहयोगमा नगरपालिकाले ठेक्कामार्फत २०७८ असारमा बसपार्क निर्माण सम्पन्न गरिएको थियो । बसपार्कमा सुविधासम्पन्न टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ ।

बहुदरमाईले मधेस विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने

काठमाडौँ,१० माघ । मधेस विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । बहुदरमाई –२ स्थित पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासंग विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने सहमति भएको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिए । उनका अनुसार नगरपालिकाले २५ देखि ३० बिघा क्षेत्रफल जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने छ । बहुदरमाई नगरपालिकाका […]

सुन्दरको विद्युतीय सवारी एसेम्बलिङ प्लान्ट स्थापनाका लागि टेन्डर आह्वान

काठमाडौं (अस) । बुटवलको सैनामैना नगरपालिकासँग जग्गा लिजमा लिई नेपालमै विद्युतीय गाडी एसेम्बिलिङको तयारी गरिरहेको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्लान्टका लागि आवश्यक भवनसहित सबै संरचना निर्माणका लागि टेन्डर आ≈वान गरेको छ । सुन्दरले प्लान्ट स्थापनाका लागि नगरपालिकाबाट ८ बिगाहा १० कट्ठा जग्गा भाडामा लिएको छ । जग्गा उपलब्धताका लागि कम्पनीले निवेदन दिएकोमा नगरपालिकाले गत असार १६ गतेको नगरसभाबाट सुन्दरलाई प्लान्ट स्थापनाका लागि नगरपालिकाभित्रको सरकारी जग्गा भाडामा दिने निर्णय गरेको थियो । कम्पनीले आगामी १० सेप्टेम्बरसम्म टेन्डर हाल्ने समायवधि तोकेको छ । उक्त अवधिभित्र निर्माण क्षेत्रमा संलग्न जुनसुकै कम्पनीले टेन्डर हाल्न सक्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको कम्पनीले आगामी १ वर्षभित्र एसेम्बिलिङ प्लान्ट स्थापना गरी त्यसको एक वर्षभित्र नेपालमै एसेम्बिलिङ गरिएका गाडी सार्वजनिक गर्ने लक्ष्य लिएको छ । कम्पनीले २०७६ मंसिरमा चीनको सिचुआन गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपसँग लगानीका लागि सहमति गरेको थियो । तर, कोभिड महामारीका कारण काम अघि बढ्न नसकेको कम्पनीको भनाइ छ । यी दुई कम्पनीबीच लगानीका लागि सम्झौता भइसकेको बताउँदै कम्पनीका अध्यक्ष थापाले करीब रू. ३ अर्ब ६० करोड शुरुआती लगानीसहित एसेम्बलिङ प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिए । नेपालको तर्फबाट कम्पनीको लगानी भने एकदमै न्यून रहनेछ । सुन्दर भगिनी संस्थाका रूपमा रहने भए पनि उद्योगमा सिचुआनको ४७ र सेकको ४६ प्रतिशत लगानी रहनेछ । कम्पनीका अध्यक्ष थापाले सुन्दरको तर्फबाट प्लान्टमा केबल ७ प्रतिशत लगानी रहने जानकारी दिए । कम्पनीले पहिलो वर्ष १ सयओटा गाडी एसेम्बल गर्ने तयारी गरेकोमा त्यसपछि लगानी थप्दै दोस्रो वर्ष ३ सय र तेस्रो वर्ष वार्षिक १ हजार गाडी एसेम्बल गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष थापाले बताए । नगरपालिकाले वार्षिक ६ लाख भाडामा कम्पनीलाई नगरपालिकाभित्रको खाली सरकारी जग्गा उपलब्ध गराएको हो । यसबाहेक पहिलो वर्ष एम्बुलेन्स, दोस्रो वर्ष फोहोर बोक्ने गाडी र हरेक वर्ष स्थानीय एक सामुदायिक विद्यालयलाई ३३ प्रतिशत छूटमा बस उपलब्ध गराउने सम्झौता नगरपालिकाले कम्पनीसँग गरेको छ ।

कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने

अन्तर्राष्ट्रिय जोरखानी खेलकुद महासंघ (आइजेटएसएफ)को सहयोगमा कीर्तिपुर नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने भएको छ। रंगशाला निर्मााणका लागि कीर्तिपुर नगरपालिकाले जग्गा उपलब्ध गराउने छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि त्रिपक्ष्ीाय सम्झौतापत्रमा आइजेटएसएफका अध्यक्ष तथा इरानका निवर्तमान उपराष्ट्रपति डा.मोसिन मेरालिजाहेद, नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र कीर्तिपुर नगरपालिकाका मेयर रमेश…