सरकारले चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउने

काठमाडौं : सरकारले चलचित्रकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। यो महिनाको अन्त्यसम्ममा सरकारले चलचित्र विकास बोर्डलाई खोप उपलब्ध गराउने भएको हो। सरकारले कति डोज खोप उपलब्ध गराउँछ भन्ने अहिले नै टुंगो लागेको छैन। यद्यपि, सरकारले खोप उपलब्ध गराउने भएपछि चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सदस्यहरुको सूची तयार गर्न आग्रह…

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवालाई मोदीको फोन : खोप चाँडै दिने बचन

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई तथा शुभकामना दिनुभएको छ । परराष्ट्र मन्त्रालयले ट्वीटमार्फत दिएको जानकारी अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरी प्रधानमन्त्री देउवालाई बधाई दिँदै दुई मुलुकबीचको आपसी हित र समझदारीमा कुरा भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले फोनवार्तामा मोदीले नेपाललाई कोरोनाविरुद्ध खोप समेत चाँडै उपलब्ध गराउने विश्वास दिलाएको …

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ ।खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन?

काठमाडौं, असार ३१ । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ । खोप लगाउनुअघि आफ्नो […]

अमेरिकाले नेपाललाई १५ लाख डोजभन्दा बढी खोप उपलब्ध गराउने

काठमाडाैं : अमेरिकाले नेपाललाई १५ लाख डोजभन्दा बढी कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ। केही दिनमै  भ्याक्सिन निःशुल्क उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज एक ट्विट गर्दै खोप उपलब्ध गराउनेबारे जानकारी दिएका हुन्। साथै दूतावासको अफिसियल फेसबुक साइटमा पनि यसबारे जानकारी दिइएको छ।राजदूत बेरीले लेखेका छन्- ‘नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरा लागि अत्यन्त खुशीको क्षण हो। अमे

सरकार, खै खोप ?

निषेधाज्ञाले ७५ जिल्ला ठप्प रहेकै बेला सार्वजनिक गरिएको बजेटको लक्ष्य पूरा गर्न सरकारले अगाडि सारेको मुख्य आधार ‘सबै नेपालीलाई खोप’ थियो । खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ छुट्ट्याइएको थियो । तत्कालीन परराष्ट्रमन्त्रीले चाँडै नै खोप खरीदबारे ब्रेक थ्रु हुने भनेर भनेका थिए । तर, अहिले त खोपको नामोनिसान सुन्न छाडिएको छ । सरकारले कोरोनाविरुद्ध खोप चाहिन्छ भन्ने नै बिर्सियो कि क्या हो ? प्रधानमन्त्रीले ३ महीनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने घोषणा गरेका थिए । तर, त्यो घोषणा गरेको महीनौं बित्दा पनि एक डोज खोपसमेत सरकारले किन्न सकेको छैन । खरीद सम्झौता त परको कुरा कम्पनी छनोट गरेर वार्तासमेत गरेको छैन । यसको असर आगामी आर्थिक वर्षमा पर्ने छ । राज्यको भनाइ एकातिर र गराइ अर्कोतिर छ । निषेधाज्ञा निकै खुकुलो त भएको छ तर संक्रमणको दर र मृत्युको संख्या घट्दै गएर फेरि बढ्न थालेको छ । खोपविना कोरोना नियन्त्रणमा आउन नसक्ने स्पष्ट छ । अहिले कोरोनाको तेस्रो लहरको चिन्ता शुरू भएको छ । सरकारले नागरिकको ज्यानको रक्षाका लागि निषेधाज्ञाको घोषणाबाहेक केही गर्दैन भन्ने सबैले थाहा पाइसकेका छन् । यस्तोमा सबै नागरिकले खोपका लागि सरकारविरुद्ध अभियान नै चलाउनुपर्ने देखिएको छ । मोहन सापकोटा लोकन्थली, भक्तपुर ।

खोप खरिदमा गम्भीर बनेन सरकार, मागेरै चलाउने मनस्थितिमा

काठमाडौं : नेपालमा कोरोना संक्रमण भएको एक वर्षपछि नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो।खोप अभियान उद्घाटन गरेको दिन माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले किनेरै भए पनि आगामी तीन महिनाभित्र सम्पूर्ण नागरिकलाई खोप लगाइने बाचा नै गरेका थिए। तर प्रधानमन्त्री ओलीले खोप उपलब्ध गराउने बाचा गरे पनि सरकारद्वारा गठित विज्ञ समूहका संयोजकले भने नेपालीहरूलाई कोरोना भाइरसको खोप दिन कम्तीमा एक वर्षको समय चाहिने बताएका थिए। तर हालसम्म नेपालले कोरोनाविरुद्ध खोप खरिद गर्न कुनै गृहकार्य