चाँगुनारायण नगरपालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग समन्वय गर्दै नागरिकलाई आवश्यक रगत रेडक्रसले दिने र त्यस वापतको रकम नगरपालिकाले रेडक्रसलाई उपलब्ध गराउने गरी नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको नगर प्रमुख जीवन खत्रीले बताए ।उनले ज्येष्ठ नागरिकलाई घरघरमा गएर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने, चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गर्दै सेवा विस्तार गर्ने, क्यान्सर रोकथाम गर्न विज्ञ चिकित्सकसँग परामर्