सीमा सुरक्षा बलले गर्‍यो सीमा स्तम्भ अनुगमन

सिमकोट – सीमा सुरक्षा बलले चीनसँगको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको अनुगमन गरेको छ। हिल्सास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बीओपी)ले नेपाल–चीन सीमाना टाकुलेस्थित ११ नम्बर सीमा स्तम्भको अनुगमन गरेको हो। उच्च क्षेत्रमा रहेको उक्त सीमा स्तम्भ आसपासको हिउँ पग्लेपछि बीओपीको टोली पुगेको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक शंकरसिंह धामीले बताए। […]

सम्बन्धित सामग्री

पश्चिम नवलपरासीमा सीमा स्तम्भ मर्मत सम्भार

नवलपरासी : पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ। मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ। नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गरेका हुन्। पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख प्रहरी उपरीक्षक धीरेन्द्रराज न्यौपानेले बताए।‘जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरका स्तम्भ नेपालले मर्मत गर्ने सहमति भएको छ’, उनले भने। नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको लामो समयदेख

सीमा स्तम्भ अस्तव्यस्त हुँदा सधैं विवाद

टनकपुर बाँध छेउमै रहेको ३ नम्बर सीमा स्तम्भ हराएको वर्षौं भयो । स्थानीयका अनुसार उक्त स्तम्भ टनकपुर बाँधको जलाशयको बीच भागमा छ । यही स्तम्भ हराएका कारण उक्त क्षेत्रमा बेलाबेला सीमा विवाद हुने गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विभिन्न समयमा नेपाली भूभागमा सडक निर्माणदेखि सामुदायिक वनमा वृक्षरोपण र मुक्त हलियाका घर निर्माणमा समेत अवरोध गर्दै आएको छ ।

नेपाल-भारत सुरक्षाकर्मीको संयुक्त बैठक सम्पन्न

काठमाडौं । नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त बैठक शनिबार जनकपुरमा सम्पन्न भएको छ । सीमा सुरक्षा व्यवस्थामा कडाई गर्दै अपराधका सूचना एक-आपसमा आदान-प्रदान गर्ने समझदारी बनेको हाे। सीमा स्तम्भ अनुगन गरी आवश्यकता अनुसार मर्मतसम्भार गर्ने र लागूऔषध ओसारपसारका साथै आपराधिक क्रियाकलाप कडाइसाथ नियन्त्रण गर्ने निर्णय भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो […]

मर्मत गरिएको नेपाल-भारत सीमा स्तम्भ

भारतीय सीमा सुरक्षा बल(एसएसवी)को ५७औं बटालियनले सशस्त्र प्रहरी वल नेपालको समन्वयमा जीर्ण अवस्थामा रहेका जोर नम्बरका २४ वटा जीर्ण अवस्थाका सीमा स्तम्भ मर्मतको कार्य गरिरहेको छ ।

चाँदीका सामानसहित एक नेपाली भारतीय सीमावर्ती क्षेत्रमा पक्राउ

कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमावर्ती बजार वनवासा नजिकबाट चाँदीका सामानसहित एक जना नेपालीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बझाङका सुरेशबहादुर द्वाल छन्। उनको साथबाट एसएसबीले पाँच किलो चाँदीका चम्चा गिलासलगायत बरामद गरेको जनाएको छ।बरामद चाँदीको मुल्य करिब चार लाख बढी रहेको बताइएको छ। नेपाल भारत सीमा स्तम्भ नं ८०२÷११ नजिकको वन क्षेत्रबाट सुरेशलाई पक्राउ गरी कष्टममा बुझाइएको एसएसबीले जनाएको छ।कष्टमको उनीमाथि कानुनी कारबाही गर्ने जनाएको छ। सुरेशले भारतको नयाँ दिल्लीबाट चाँदीक

हुम्लाको किट क्षेत्रमा बाटो बनेपछि सीमास्तम्भको अनुगमन गर्न सुरक्षाकर्मीलाई सहज

सिमकोट – नेपाल र चीनको सिमाना हिल्सादेखि पश्चिम सीमा स्तम्भ रहेको किट क्षेत्रमा सुरक्षाकर्मीलाई अनुमगन गर्न सहज भएको छ । हिल्साबाट किटसम्म सडक निर्माण भएपछि सुरक्षाकर्मीलाई सीमास्तम्भहरुको दैनिक रुपमा अनुगमन गर्न सहज भएको हो । सीमा सुरक्षा चौकी (बिओपी) सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले हिल्साबाट किटसम्म सडक निर्माण भएसँगै सीमा स्तम्भको अनुगमन गर्न सहज र […]

सीमा स्तम्भमा सुरक्षाकर्मीको पहुँच

हुम्ला खण्डको उत्तरतर्फ नेपाल र चीनबीचका १५ वटा सीमा स्तम्भमा सीमा सुरक्षा चौकी (बीओपी) हिल्सामा सुरक्षाकर्मी पुगेपछि अनुगमन सहज भएको छ ।  पछिल्लो पटक सशस्त्र प्रहरी बलका एक टोली सीमा स्तम्भ नम्बर ४ मा पुगेपछि त्यस क्षेत्रका सबै स्तम्भमा नेपालका सुरक्षा निकायको पहुँच पुगेको हो ।यसअघि केही स्तम्भमा सुरक्षाकर्मी पुगेको र केहीमा पुग्न नसकेका कारण सीमा स्तम्भको अवस्थाबारे स्पष्ट जानकारी लिन सक्ने अवस्था थिएन । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हिल्सामा बीओपी स्थापना भएयता सबै सीमा स्तम्भ पहिच

अस्थायी पोष्ट हटाएपछि कञ्चनपुरमा एसएसबीको अर्को अबरोध

काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा न. १० को सडकघाटमा बाटो अवरुद्ध गरेको छ । सीमा स्तम्भ न. ३५ नजिक रहेको अस्थायी सडकलाई एसएसबीले अवरोध गरेको हो । नेपाली र भारतीय दुवै पक्षले प्रयोग गरिरहेको सीमाको सडकमा एसएसबीले हिँड्न नदिएपछि किसानले काटेको उखु मिलसम्म पुर्याउन समस्या भएको छ । अहिलेसम्म प्रयोग गर्दै आएको बाटोलाई ‘नो मेन्स लेण्ड’ भन्दै भारतीय पक्षले अवरोध गरेपछि किसानले काटेको उखु मिलमा लैजान पाएका छैनन् । यो क्षेत्रमा भारतीय पक्षले लागू गर्न खोजिएको स्ट्रीप नक्सामा भने झन्डै सीमा १५० मिटर भारततिर पर्ने देखिएको छ । सोही क्षेत्रमा एसएसबीले केही समय अघि बनाएको अस्थायी पोष्ट स्थानीय जनता र सशस्त्र प्रहरीले हटाइदिएका थिए । सोही विषयमा अनावश्यक इगो साँधेर एसएसबीले नेपालीलाई दुःख दिन खोजेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले बताउनुभयो । उहाँले एसएसबीले भारतीय किसानलाई बाटो प्रयोग गर्न दिएपनि नेपालीमाथि भने अवरोध गरेको जानकारी दिनुभयो । ‘हामीले अस्थायी पोष्ट हटाएपछि एसएसबीले इगो साँध्न खोजेको देखियो’ भट्टले युगदर्शनसँग भन्नुभयो, ‘अस्थायी पोष्ट हटाएपनि उनीहरु ट्रकमा आएर सोही ठाउँमा दिनभर बस्ने र साँझ फर्किने गरेका छन् ।’ उहाँले नेपाली र भारतीय दुवै पक्षले सोही बाटो प्रयोग गर्ने गरेको भएपनि भारततर्फ वैकल्पिक बाटो भएपनि नेपालतर्फ नभएका कारण किसानले काटेको उखु खेतमै सुक्ने अवस्था आएको भट्टले बताउनुभयो । ‘अहिले भनिएको ‘नो मेन्सलेण्ड’ अन्तिम होइन, यो हिजोदेखि दुवै पक्षले प्रयोग गरि आएको बाटो हो’ भट्टले भन्नुभयो, ‘सोही रुपमा स्थानीय किसानहरुले कृषि कार्यकोलागि प्रयोग गर्न पाउनु पर्छ भनेर सीमामा रहेका भारतीय सुरक्षा निकायसँग प्रष्टसँग सङ्ग कुरा राखिएको छ ।’ उहाँले भारतीय पक्षलाई वर्षौदेखि प्रयोग गर्दै आएको बाटोमा अवरोध नगर्न आग्रह गरिएको भन्दै सम्बन्धित नियकाले समस्या समाधान गर्न तत्काल ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो ।

पुर्जा यता, जमिन भारतमा, सीमा स्तम्भ नेपाली आँगनमा

झापा: भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पुर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ । यसरी भारतीय सीमा ...

सुनसरीमा सीमा स्तम्भको सर्वे थाल्यो भारतीय सीमा सुरक्षा बलले

सुनसरी : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा सर्वे थालेको छ। नेपाल–भारत दशगजा क्षेत्रमा रहेको आफ्नो सीमा स्तम्भ हराएको भन्दै एसएसबीले सुनसरीतर्फको भूमिमा सर्वे थालिएको हो।  भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फको सुरक्षाकर्मीसहितको सहयोगमा संयुक्त सर्वेअघि बढाएको हो। एसएसबी ४५ बि बटालियन सुपौ...