टनकपुर बाँध छेउमै रहेको ३ नम्बर सीमा स्तम्भ हराएको वर्षौं भयो । स्थानीयका अनुसार उक्त स्तम्भ टनकपुर बाँधको जलाशयको बीच भागमा छ । यही स्तम्भ हराएका कारण उक्त क्षेत्रमा बेलाबेला सीमा विवाद हुने गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विभिन्न समयमा नेपाली भूभागमा सडक निर्माणदेखि सामुदायिक वनमा वृक्षरोपण र मुक्त हलियाका घर निर्माणमा समेत अवरोध गर्दै आएको छ ।