नवलपरासी : पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ। मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ। नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गरेका हुन्। पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख प्रहरी उपरीक्षक धीरेन्द्रराज न्यौपानेले बताए।‘जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरका स्तम्भ नेपालले मर्मत गर्ने सहमति भएको छ’, उनले भने। नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको लामो समयदेख