झापाका विभिन्न कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल निजामती कर्मचारी युनियन झापा, नेपाल निजामती कर्मचारी सङ्गठन झापा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) र एकीकृत सरकारी कर्मचारी सङ्गठन झापाले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । ज्ञापनपत्रमा पदपूर्ति, सरुवा–बढुवा, सङ्गठन संरचना, कार्य सम्पादन सम्झौता, भौगोलिक विभाजन, सामाजिक सुरक्षा, सेवा–सुविधा–सुरक्