लोसपाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आफ्ना विभिन्न माग पुरा गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ । मंगलवार ज्ञापनपत्र बुझाउने निर्णय आइतबार बसेको कार्यकारिणी समितिको बैठकले गरेको छ ।ज्ञापनपत्र तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र केशव झालाई दिएको छ । नागरिकता, संविधान संशोधन, मधेश आन्दोलनको क्रममा लागेको मुद्दा फिर्ता, जेलमा रहेकालाई रिहायलगायतका माग राख्दै लोसपाले ज्ञापनपत्र बुझाउन लागेको कार्यकारिणी सदस्य ए

सम्बन्धित सामग्री

अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्छु : प्रधानमन्त्री देउवा

काठमाण्डाै – खस्किँदो अर्थतन्त्रका कारण निजी क्षेत्र समस्यामा परेको भन्दै आज मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । अर्थतन्त्र जोगाऔँ अभियानमा रहेको महासङ्घका तर्फबाट अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डले अहिलेकै अवस्था लामो समयसम्म गएमा निजी क्षेत्र तहसनहस हुने भन्दै समस्या समाधानको लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री...

बजेट पारित हुने बित्तिकै नागरिकता विधेयक पेश हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने आश्वासन दिनुभएको छ । आज (सोमबार) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिनुभएको हो । जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने लगायत मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको भएपनि विधेयक नल्याइएको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् । जन्मसिद्ध नागरिकका […]

बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेस हुन्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेस गर्ने बताउनु भएको छ। बिहान लोकतान्त्रिक समाजवादीका नेतासँगको भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिट्टै पास हुने आश्वासन दिनु भएको हो। जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै बिहान फेरि प्रधानमन्त्रीलाई भेट्न गएको लोसपा नेता लक्ष्मणलाल कर्णले बता...

प्रधानमन्त्री देउवा समक्ष लोसपाको ११ बुँदे ज्ञापनपत्र

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री देउवासमक्ष ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष ठाकुरका साथमा नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायतका …

सोनाहा समुदायको संरक्षण गर्न विशेष नीति बनाउने : प्रधानमन्त्री देउवा

बर्दिया, पुस २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा रहेका लोपोन्मुख सोनाहा समुदायको संरक्षण गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ । नेपाल सोनाहा संघर्ष समितिले शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएपछि उहाँले सोनाहा समुदायप्रति सरकारले विशेष संरक्षण नीति बनाउने बताउनुभयो । संघर्ष समितिले बर्दियाको राजापुर तथा गेरुवा, कैलालीको चिसापानी तथा […]