लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार ज्ञापनपत्र बुझाएको छ । र, सोही ज्ञापनपत्र लोसपाका लागि सरकारमा जाने पहिलो खुड्किलो भएको छ ।सरकारमै जानका लागि यसरी ज्ञापनपत्र बुझाएको लोसपाको लागि यो पहिलो भने होइन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रहेको बेला पनि लोसपाले यसरी नै प्रधानमन्त्रीलाई भेट्ने र ज्ञापनपत्र बुझाउने कार्य गरेको थियो । प्रधानमन्त्रीलाई भेट्ने मधेसको माग पुरा गराउन दवाव दिने, केही माग सम्बोधन हुने वित्तिकै सरकारमा जाने लोसपाको पहिला दे