अनेरास्ववियुले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

काठमाडौँ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा काँग्रेसनिकट नेविसंघले गरेको तालाबन्दीको विरोधमा अनेरास्ववियुले हस्ताक्षरसहितको ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपतिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको हो । नेविसंघले पाँच ठाउँमा लगाएको तालाबन्दीविरुद्ध दुई दिन हस्ताक्षर संकलन गरी मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । नेवि संघले त्रिवि केन्द्रीय कार्यालयदेखि डिन कार्यालयसम्म पाँच ठाउँमा […]