दलित र गैरदलितबीचको प्रेम सम्बन्धलाई सामाजिक प्रतिष्ठासँग जोडेर हाम्रो समाजमा यस्ता जोडीहरूप्रति अमानवीय व्यवहार हुँदै आएको छ । अन्तरजातीय प्रेम विवाह गरी समाजलाई जितेर बसेका युवायुवती विरलै भेटिन्छन् । यस्ता जोडीहरू हिन्दु धर्म, संस्कार र सामाजिक मूल्य–मान्यताविरोधी कहलिन्छन् ।