तिज बारे हुने छलफलमा त्यसमा आएको आधुनिकताको बाहुल्यता सधैँ बढिरह्यो। फलस्वरुपः हामीले बिर्सियौँ हाम्रा दिदी-बहिनी, आमाहरुको कलात्मकताको अर्को पाटो जसमा समय चेत, विद्रोह र महिला मुक्तिको अर्को अध्याय भेटिन्छ।
समाजलाई जस्ताको तेस्तै देखाइदिने काम कलाकर्मीहरूको हुनुहुँदैन । त्यो त आम मानिसहरूले देख्दै र भोग्दै आइरहेकै विषय हो । कलाकर्मीहरू समाजको प्रतिपक्ष भूमिकामा हुनुपर्छ । कलाकारहरूमा विद्रोह चेत पनि हुनुपर्दछ ।
१
जब नागरिक अधिकार साँघुरो र अँधेरो कुनामा थन्किन्छ,
बिस्तारै स्वतन्त्रताका लागि इन्कलाबको नारा घन्किन्छ,
जहाँ दलन अनुभूतिसँगै कोही थिचिन्छ, मिचिन्छ अनि चेपिन्छ,
ऊभित्रको विद्रोह चेत ज्वाला भएर आउँछ अनि दन्किन्छ ।
२
हैसियतअनुसार हरेकको आ–आफ्नै थान र मान हुन्छ,
निम्छरो निरीह भए पनि सबैको आ–आफ्नै सान हुन्छ,
कसले कति बेला कहाँ के बोलेको छ, सबै कुरा छर्लंग...
कविता संग्रहभित्र प्रेम, विद्रोह, सामाजिक विकृति, विसंगति लगायतका विषयलाई समेटिएको बताए । उनले वृद्ध उमेरमा पनि कवि रिजालमा युवा चेत सशक्त रुपमा प्रस्तुत भएको उल्लेख गरे ।
लघुकथाकारहरूसँग आजका पाठक प्रश्न गर्छन् कि वैदेशिक रोजगारीमा जाने श्रीमान्का कति प्रतिशत श्रीमतीहरू कथित बिग्रिएका छन् ? ती श्रीमतीहरूको त्यागको कथा लेख्ने कि नलेख्ने ? परिवार बिग्रन्छ भन्ने पूर्व मान्यता राखेर लोग्ने मान्छेको थिचोमिचो सहने श्रीमतीको पलायनवादी आदर्शमाथि प्रहार गर्नु जरुरी छ कि छैन ? अझै समस्यामा महिलालाई आत्महत्या गर्न लगाउने कि विद्रोह ? आफ्नो प्रारब्ध ठानेर थिचोमिचो सहने गरिबलाई विद्रोह गर्न सिकाउने कि नसिकाउने ? छोरीले छोटो प्यान्ट लगाएकोमा सांस्कृतिक विचलन देख्ने हाफ प्यान्ट लगाउने बाबुको चेत खुलाउने कि नखुलाउने? यो स्वतन्त्रताको युगमा पहिरन मान्छेको स्वतन्त्रता हो भन्न सक्ने कि नसक्ने ?महिलालाई आधा आकाश भन्ने संस्कृति र तेत्तीस प्रतिशत भन्ने राजनीतिक चलनबाट निकालेर शतप्रतिशत बनाउन पहल गर्ने कि नगर्ने ?