नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेबाट आफूहरुले विद्रोह गर्नु परेको बताएका छन् । खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले एमाले विसर्जनवादको खतरातिर जान थालेपछि आफूहरुले बिद्रोह गरेर नयाँ पार्टी बनाउनु परेको तर्क समेत गरे । भारतबाट आफ्नो स्वास्थ्य उपचार गराएर सोमबार स्वदेश फर्किएका उनले ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादलाई पार्टी भित्र परास्त गर्न गरिएको प्रयास पनि सफल नभएपछि विद्रोह गरिएको उल्लेख गर्दै त्यो विद्रोह नव निर्माणको निम्ति भएक