प्रधानन्यायाधीश जबराविरुद्धको विद्रोह विफल

काठमाडौं, ३० कात्तिक । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको विद्रोह विफल भएको छ । विद्रोहमा उत्रिएका १९ न्यायाधीशमध्ये अधिकांश ब्याक भएपछि विद्रोह विफल भएको हो । सर्वोच्चमा आज ६ जना न्यायाधीश इजलासमा फर्किएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुँडाल, बमकुमार श्रेष्ठ र मनोज शर्मा इजलासमा फर्किएका हुन् । उनीहरुका […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश नयाँ, अपेक्षा पुरानै

अपेक्षाका बारेमा अक्सर विरोधाभासपूर्ण भनाइ सुनिन्छ । खुसी रहन चाहन्छौ भने कसैबाट केही आशा नगर्नु भनिए पनि मानिस सधै मुर्दा शान्ति भएर बस्न सक्दैन । बरु विषम परिस्थितिमा पनि सास रहुन्जेल आस गर्ने विकल्प रोज्छ । त्यसले पनि काम गरेन भने असन्तुष्टिका आवाजहरू क्रमशः विद्रोह र आन्दोलनतिर मोडिन्छन् । पछिल्लो समय न्यायालयमा पनि यस्तै भयो । विकृतिहरू मेटिने आशा न्यायकर्मीहरूले अन्तिमसम्म गरे । तर त्यसो हुन नसकेको आभास भएपछि बार–बेन्च दुवैको साझा आन्दोलन लगायतका घटनाक्रम भए, जुन सबैको मानसपटलमा भर्खरै हेरेको सिनेमाजत्तिकै ताजै छ ।

सर्वोच्चका ४ न्यायाधीश नियमित सुनुवाइमा फर्किए

सर्वोच्च अदालतका ४ न्यायाधीश नियमित सुनुवाइमा फर्किएका छन् । न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी र मनोजकुमार शर्मा मंगलवारबाट नियमित सुनुवाइमा फर्किएका हुन् । कात्तिक ८ यता बन्दीप्रत्‍यक्षीकरण बाहेकका मुद्दा नहेरेका न्यायाधीशहरूले मंगलवार आफ्नो इजलासमा परेका सबैखाले मुद्दाको नियमित सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित सुनुवाइ बहिस्कार गर्दै आएका न्यायाधीशहरूको समूहबाट विद्रोह गरेर ४ न्यायाधीश प्रधानन्यायाधीशको कित्तामा उभिएका हुन् । &...

प्रधानन्यायाधीशविरुद्धको विद्रोह असफलतातर्फ, न्यायाधीशहरु धमाधम काममा फर्कदै

काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोशिएसनलाई सहयोग पुग्ने गरी सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएकोमा नयाँ घटना विकास भएको छ । विद्रोही न्यायाधीशहरुमध्येबाट पाँच न्यायाधीश अलग भएका छन् । सर्वोच्चका न्यायाधीशमध्ये पाँचजना न्यायाधीश नियमित काममा फर्किने भएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार […]

मुद्दा सुनुवाइको विषयमा न्यायाधीशहरूको समूह नै विभाजित

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै एकै ठाउँमा उभिएका न्यायाधीशहरू विभाजित भएका छन् । न्यायालयमा देखिएको विवादका कारण २२ दिनदेखि न्याय सेवा ठप्प भएसँगै सोमबारबाट भने पाँच जना न्यायाधीशले ‘विद्रोह’ गरेका हुन् । आन्दोलनरत न्यायाधीशमध्ये पाँच जना नियमित इजलास फर्कने तयारीमा छन् । प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन थप सशक्त बनाउन नेपाल बार, सर्वोच्च बार र न्यायाधीशहरूको छलफल बहिष्कार गरेका पाँच जना न्यायाधीश इजलास फर्कने मनस्थितिमा पुगेका हुन् । न्यायाधीशहरू तेजबहादुर के...

प्रधान न्यायाधीशको एकल इजलासबाट पाँच वटा मुद्दाको आदेश

काठमाडौँ: प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो इजलास बसेको छ। उनले आफ्नो इजलासबाट ५ वटा आदेश समेत जारी गरेका छन्। बुधबार आफैसँग विद्रोह गरिरहेका न्यायाधीशसँग प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संयुक्त इजलास तोकेका थिए। यसअघि सोमबार र मंगलबार जबराले आफूलाई इजलास तोकेका थिएनन्। बुधबार आफू समेतलाई इजलास तोकेका छन्। बुधवार आफ्नो…

बहुमत न्यायाधीशले प्रधानन्यायाधीश जबरालाई भेटेरै राजीनामा माग्ने

काठमाडौं, ८ कात्तिक । सर्वोच्च अदालतमा बहुमत न्यायाधीशहरुले विद्रोह गरी प्रधानन्यायाधीशलाई चोलेन्द्र शमशेर जबरालाई राजीनामाका लागि दबाब बढाएका छन् । आज प्रधानन्यायाधीशले डाकेको फूलकोर्ट बैठक समेत बहिष्कार गरेर छुट्टै बैठक गरेका १३ न्यायाधीशले मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गर्ने निर्णय गरेका छन् । भोलि प्रधानन्यायाधीश जबरालाई १३ न्यायाधीशले संयुक्त रुपमा भेट्ने तय भएको बुझिएको छ […]

१४ न्यायाधीशद्वारा प्रधानन्यायाधीश राणालाई राजीनामा दिन सुझाव

‘भोलि बिहान ११ बजे भेटेर राजीनामा दिन सुझाव दिन्छौं,’ उहाँले भन्नुभयो, ‘राजीनामा नदिएको खण्डमा विद्रोह गर्छौं ।’

संविधानविद् भन्छन्- प्रधानन्यायाधीशले विवेक प्रयोग गरेर राजीनामा दिनुपर्छ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४  न्यायाधीशले विद्रोह गरेपछि संविधानविद्हरूले प्रधान्यायाधीशले विवेक प्रयोग गरेर राजीनामा दिनुपर्ने बताएका छन् ।  संविधानविद् समेत रहेका वरिष्ठ अधिवक्ता डा। विपिन अधिकारीले यस्तो अवस्थामा प्रधानन्यायाधीश जबराले विवेक प्रयोग गरेर आफैं बहिर्गमनको बाटो रोज्नु नै उपयुक्त हुने बताउँछन् ।  ‘उहाँको नेतृत्वलाई आफ्नै न्यायाधीशहरूले स्वीकार नगर्ने स्थिति आइसकेपछि उहाँले विवेक प्रयोग गरेर राजीनामा गर्नु  नै उपयुक्त हुन्छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘...

सर्वोच्चमा न्यायाधीशहरूको विद्रोह, एक्लिए प्रधानन्यायाधीश जबरा

न्यायिक आचरणविपरीत काम गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा न्यायाधीशहरूको विद्रोह भएको छ । विगतमा उनी निकट भनेर चिनिएका न्यायाधीशहरूले समेत आइतवारदेखि उनको साथ छाडेका छन् ।  आइतवार सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक बसेर प्रधानन्यायाधीशले बोलाएको भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।  आइतवार न्यायाधीशहरूको बैठकमा १४ जना उपस्थित थिए भने ४ जना काठमाडौं बाहिर र एकजना विदेशमा छन् ।  बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्...

दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’ विमोचन समारोहमा जे देखियो

विमान अपहरणमा संलग्न भएवापत् सुवेदीले भारतीय जेलमा काटेका दुई वर्ष, १० वर्षको प्रवास बसाई, तात्कालीन माओवादीको सशस्त्र संघर्षको साथै श्रीमती सुशीला कार्की प्रधानन्यायाधीश हुँदाको समयमा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले प्रस्ताव गरेको आर्थिक प्रलोभन लगायत प्रसंग उल्लेख छन्।