काठमाडौँ : सोमवार काठमाडौँको टुँडिखेलमा माघे संक्रान्तिका अवसरमा आयोजित कार्यक्रममा मच्चिएको भागदौडमा घाइते भएकामध्ये १० जना डिस्चार्ज भएका छन्।राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपछि १० जना डिस्चार्ज भएको प्रहरी वृत्त जनसेवाले बताएको छ। १६ जना घाइतेमध्ये बाँकी ६ जनाको ट्रमा सेन्टरमा उपचार जारी छ।उपचाररतमा धादिङको गंगा जमुना गाउँपालिका–५ की १९ वर्षीया रेजिना घले, कैलालीको घोडाघोडी गाउँपालिकाकी १९ वर्षीया रिजा रेग्मी मगर, संखुवासभाको म्याग्दी नगरपालिकाकी २२ वर्षीया निर्मला श्रेष्ठ, ललितपुर महानगर