२२ वर्षपछि घर फर्किए सशस्त्र द्वन्द्वकालमा हराएका परुप्रसाद

धनगढी : सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएका बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका–४ का परुप्रसाद जोशी २२ वर्षपछि घर फर्किएका छन्। उनी घर पर्किएपछि परिवारमा खुसी छाएको छ।२०५५ सालमा कक्षा ८ मा पढ्दै गरेका जोशी बेपत्ता भएका थिए। उनीसँगै सोही गाउँका पासवान कैला र गोरे धामी पनि हराएका थिए। तीमध्ये कैला घर फर्किए। गोरेको भने गाउँमा मृत्युको खवर आएको थियो। छोराको पीरमा रहेका परुका बुवा २०६९ मा निधन भएको थियो।घर फर्किएपछि गाउँलेले परुलाई हर्षोल्लासका साथ स्वागत गरेका छन्। सशस्त्र द्वन्द्वकालमा हर