काठमाडौं : भक्तपुर नगरपालिकाभित्र १०८ वटा सांस्कृतिक सम्पदा पुन:निर्माण सम्पन्न भएको छ।वि.सं. २०७२ सालमा भूकम्पले क्षतिग्रस्त बनाएको सम्पदा पुन:निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जानकारी दिइन्।उपप्रमुख जोशीका अनुसार नगरपालिका क्षेत्रका ११५ वटा सम्पदामा भूकम्पले क्षति पुर्याएकाे थियो।‘सांस्कृतिक रूपमा यो नगरपालिका सम्पदाले भरिपूर्ण छ,’ उनले भनिन्, ‘१०८ वटाको पुन:निर्माण सम्पन्न गरिसकेका छौँ, बाँकी सम्पदा पनि छिट्टै बनाइसक्छौँ।’