काठमाडौँ । नेपालभन्दा बाहिर गैरकानुनी रूपमा निकासी भएका सांस्कृतिक सम्पदा फिर्ता हुन थालेका छन् । भक्तपुर नगरपालिका-७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्न माध्यम हुँदै एक दातामार्फत सन् २०१५ मा अमेरिकाको कनेक्टिकटस्थित यल युनिभर्सिटी आर्ट ग्यालरीमा पुगेको थियो । हातमा नालसहितको कमलको फूल लिएको स्वरूपको यो मूर्ति नवौँ-दशौँ शताब्दीतिर […]