कोही माटो डल्लो पार्न, कोही झिंगटी मिलाउनमा व्यस्त छन् । भक्तपुर नगरपालिका–५ तौमढी (तमारी) का महिलाहरू नेपाल भाषामा भजन गाउँदै लामबद्ध भएर माटाको डल्लो पास गर्दै निर्माणाधीन ‘बेतः छेँ’ (बेताल भजन घर) को छानासम्म पुर्याउन सघाउँदै छन् । युवा तथा डकर्मीहरू बेतःछेँ को छाना छाउँदै छन् ।