भक्तपुर नगरपालिका : सम्पदा पुनर्निर्माणसँगै शिक्षा र स्वास्थ्यमा अब्बल

१३ चैत, काठमाडौं । २०७४ जेठ तेस्रो साता शपथ लिंदै गर्दा भक्तपुर नगरपालिकाका नयाँ जनप्रतिनिधिसामु आफैंले तयार पारेको घोषणापत्र अनुसार काम गर्ने मात्र होइन, पार्टीको साख जोगाउने चुनौती पनि थियो । कुनै समय कर्णाली क्षेत्रका जिल्लामा समेत संगठन बनाएको नेपाल मजदुर किसान पार्टी, २०७४ को स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकामा मात्र सीमित भएको थियो । पाँचवर्षे […]

सम्बन्धित सामग्री

भक्तपुरका पर्यटकीय स्थलमा चहलपहल बढ्दै

भक्तपुर । दैनिक दुई हजारसम्म पर्यटक आउने भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदा क्षेत्र झन्डै दुई वर्ष सुनसान बन्यो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले नराम्रोसँग असर पारेको नेपालको पर्यटन व्यवसायमा बल्ल आशा पलाउन थालेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरका सम्पदा अवलोकन गर्न विदेशी पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा चहलपहल बढेको छ । विदेशी पर्यटकको प्रमुख आकर्षण र गन्तव्य बन्दै आएको भक्तपुर नगरपालिका क्षेत्रमा अहिले दैनिक ६० देखि ९० जनासम्म पर्यटक आउन थालेका हुन् ।      नगरपालिकाको पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले पर्यटकविना सुनसान बनेको भक्तपुरको सम्पदामा विदेशी पर्यटक देखिन थालेपछि रौनक बढेको बताए । पर्यटकको आगमन हुन थालेपछि नगरपालिकाले सुरक्षितरूपमा पर्यटन व्यवसाय सञ्चालन एवं पर्यटकलाई सुरक्षित राख्ने गरी योजना अगाडि सारेको छ । नगरपालिकाले पर्यटकलाई कोभिडबाट सुरक्षित रहने वातावरण बनाउन आवश्यक तयारी गरेको छ । होटल व्यवसायीसँग पनि पर्यटकलाई कोभिडबाट सुरक्षित राख्नेगरी व्यवस्थापन गर्न व्यवसायीसँग छलफल गर्दै आएको छ । यद्यपि अहिले भक्तपुर आउने पर्यटक भने धेरैजसो दिनभरि घुमेर फर्कने गरेका छन् । रात बस्नेगरी आउने पर्यटक फाट्टफुट्टमात्रै भएकाले होटल व्यवसाय भने पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । विदेशी पर्यटकबाट वार्षिक करीब २६ करोड राजस्व संकलन गर्दै आएको नगरपालिकाले कोभिड महामारीका कारण दुई वर्ष यो नोक्सानी बेहोर्नुपरेको छ । केन्द्रका प्रमुख लासिवाले भने, ‘आर्थिक वर्ष २०७६/७७ मा पर्यटन शुल्क करिब २६ करोड संकलन भएकोे थियो, कोरोनाका कारण पर्यटकको आगमन बन्द भएपछि आव २०७७/७८ मा जम्मा २९ लाखमात्रै उठ्यो ।’ पर्यटन शुल्कबाट उठेको रकम नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा खर्च गर्दै आएको जानकारी उनले दिए । पर्यटन सूचना केन्द्रका प्रमुख लासिवाका अनुसार यस वर्ष साउनमा २२८, भदौमा ३८०, असोजमा ९६४ र कात्तिकमा अहिलेसम्म १ हजार ९२३ पर्यटकको आगमन भइसकेको छ । पहिलो लकडाउन अगाडिसम्म भक्तपुरमा दैनिक तीन हजार र वार्षिक दुई लाखभन्दा बढी पर्यटक भित्रिने गरेका थिए । नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रतिपर्यटक ५०० र अन्य राष्ट्रका पर्यटकबाट प्रतिपर्यटक एक हजार ५०० रुपैयाँ पर्यटन शुल्क संकलन गर्दै आएको छ । विगत वर्षमा यहाँ सबैभन्दा बढी पर्यटक चीनका र त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशबाट आउने गरेका थिए । नगरपालिकाले भूकम्पपछि भत्किएका सम्पदाको पुनर्निर्माण गर्दै आएको छ भने कतिपय पुरिएका र गौण रहेको महŒवपूर्ण सम्पदाको पुनर्निर्माण पनि थालेको छ, जसअन्तर्गत दूधपाटीस्थित भाजु पोखरी पुनर्निर्माण भइरहेको छ भने नेपाली सेनाको क्याम्पभित्र लोप हुने अवस्थामा पुगेको रानीपोखरीे पुनर्निर्माण गरी नेपाली तथा विदेशी पर्यटकको अवलोकनका लागि खुला गर्ने तयारी छ । नेपालमा अंग्रेजीको अक्टोबरको अन्तिम, नोभेम्बर पूरै र डिसेम्बरका दुई हप्तालाई पर्यटकीय याम मानिँदै आएको छ । अक्टोबर र नोभेम्बरमा नेपाल आएका पर्यटक क्रिसमस मनाउन डिसेम्बरको अन्त्यतिर स्वदेश फर्कने गरेका छन् । केन्द्रका अनुसार विगतमा नेपाल भ्रमणमा आएका करीब ३५ प्रतिशत पर्यटक भक्तपुरको सम्पदा अवलोकनका लागि आउने गरेका र तीमध्ये धेरैजसोले यहाँ तीन÷चार घण्टामात्रै बिताउने गरेका थिए । रासस