हेटौंडा : बागमतीको राजधानी हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरको भित्री भागका बासिन्दा खानेपानी लिन अझै घण्टौं हिँड्नुपर्ने बाध्यतामा छन्। उक्त वडाको डुमारे,लेकपानी, कालिटार र भालुखोलाका बासिन्दाहरु खानेपानी लिन दैनिक घण्टौं हिँड्ने गरेका हुन्।हेटौंडा बजारबाट करिब १८ किलोमिटर पार गरेपछि मात्र बासुदेव आइपुग्छ। बासुदेवबाटै शुरु भएको खानेपानी अभावको समस्या त्यहाँबाट जति माथि उक्लियो त्यति विकराल बन्दै गएको पाइन्छ।हेटौंडा प्रदेशको राजधानी भएपछि धेरै कुरा परिवर्तन भयो। देश सं