एडीबीको सहयोगमा खानेपानी र ढल व्यवस्थापनको योजना बनाउँदै हेटौंडा उपमहानगर

१० भदौ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले व्यवस्थित खानेपानी र ढल निर्माणको योजना अगाडि बढाएको छ । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा नेपाल सरकार खानेपानी विकास मन्त्रालय मार्फत उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गरेको हो । आयोजना अन्तर्गत २०५५ सम्मको डीपीआर योजना सहित हेटौंडाको शहरी ढल […]

सम्बन्धित सामग्री

फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै हेटौंडा उपमहानगर

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले फुटबल खेलाडी उत्पादनको लक्ष्यसहित एकेडेमी सञ्चालन गर्ने भएको छ। खेलाडी उत्पादनकका रूपमा रहेको हेटौंडाबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित खेलकुद विकास र प्रवर्द्धनमा उपमहानगरपालिकाले प्राथमिकता राख्दै काम अघि बढाएको छ। हेटौंडा उपमहानगरपालिका फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधि–२०७९ स्वीकृत गरेको छ। कार्यविधि स्वीकृतिसँगै नगरबाट खेलाडी उत्पादनका…

हेटौंडा उपमहानगर अवैध संरचना हटाउने तयारीमा

१२ भदौ, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ । उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइएता पनि यो पटक पूर्ण रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर […]

हेटौंडा उपमहानगर प्रमुखमा मीना कुमारी लामाको अग्रता

हेटौंडा उपमहानगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मीना कुमारी लामाले अग्रता कायम राखेकी छन् । १५ हजार २५५ मत गन्दा लामाले ४ हजार ७२९ मत पाएकी हुन् ।उपमहानगर प्रमुखमै राप्रपाका दिपक बहादुर सिंहले ४ हजार ४४९ मत पाएका छन् भने नेकपा एमालेका अनन्त पौडेलले ४ हजार ६ मत पाएका छन् । अहिलेसम्मको मतगणना हेर्दा यो पालिकामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन, राप्रपा र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

हेटौंडा उपमहानगर : बलशाली एमाले, एकजुट गठबन्धन

२१ वैशाख, हेटौंडा । अघिल्ला चुनावी परिणामलाई नै आधार मान्ने हो भने तीन पटक हेटौंडा उपमहानगरको नेतृत्व गरिसकेको नेकपा एमाले एक्लै बलियो छ । तर सत्ता गठबन्धनलाई यसपाली जसै एमाले हराउनु छ । त्यसैले हेटौंडामा गठबन्धन एकजुट देखिएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनले टुंग्याएको मेयर, उपमेयर उम्मेदवारलाई विजयी गराउन अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, […]

हेटौंडा उपमहानगर : सत्तारुढ गठबन्धन भर्सेस एमाले

हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा एमालेले जितेको पालिका भए पनि एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले अहिले सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदमा मीना कुमारी लामालाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ । एमालेले भने अनन्त पौडेललाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।दुवै उम्मेदवार विगतमा एमालेको राजनीतिमा आपसमा सहकार्य गर्दै आएका थिए । पार्टी विभाजनपछि लामाले नेकपा एकीकृत समाजवादी रोजिन् भने पौडेल एमा

कांग्रेस हेटौंडा उपमहानगर उपप्रमुखको उम्मेदवार राजेश बानियाँ

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख पदको टिकट नेपाली कांग्रेसका राजेश बानियाँले पाएका छन् । हिजो (आइतबार) बसेको नेपाली कांग्रेस मकवानपुर संसदीय समितिको बैठकले हेटौंडाको उपमेयरको टिकट बानियाँलाई दिने निर्णय गरेको हो । बानियाँ हेटौंडा उपमहानगरपालिका- ५ का बहालवाला अध्यक्ष हुन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उनी वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । […]

हेटौंडा उपमहानगर मेयरमा पौडेलको स्वतन्त्र उम्मेदवारी

हेटौंडा उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार देवराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पौडेलको प्रस्तावकमा अमिर नकर्मी र समर्थक समाधान सापकोटा रहेका छन् ।

कांग्रेसद्वारा हेटौंडा उपमहानगर एकीकृत समाजवादी दिने केन्द्रको निर्णयको विरोध

बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे १९ वटै वडाका सभापतिहरूको निर्णयअनुसार सत्ता साझेदार गठबन्धन दलहरूसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा एकल उम्मेदवार खडा गर्ने चेतावनी दिएको हो ।

हेटौंडा उपमहानगर : एमाले विश्वस्त, गठबन्धन आशावादी

२५ चैत, हेटौंडा । बिहीबार बिहान साढे ९ बजे भेटघाटको समय दिएकी हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामा साढे ११ बजे मात्रै आफ्नो कार्यकक्षमा आइपुगिन् । ढिला हुनुको कारण थियो स्थानीय तहको चुनाव । कार्यालय आउनुअघि तीनवटा चुनावी कार्यक्रम सकेर आएको लामाले सुनाइन् । लामालाई मात्र होइन, मकवानपुरमा सबै दलका नेतालाई चुनाव लागेको छ । वाग्मती […]