हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा प्रत्येक महिना १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण हुने भएको छ।स्थानीय तहको निर्वाचनको क्रममा गठबन्धनबाट मेयर र उपमेयरले गरेको संयुक्त घोषणापत्रमा उपमहानगरमा मासिक १० हजार लिटर खानेपानी निःशुल्क वितरण गर्ने बताएका थिए। घोषणापत्रअनुसार उपमहानगरले मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको हो।उपमहानगरमा बिहीबार मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी न