हेटौंडा उपमहानगरपालिकाले नागरिकहरुलाई मासिक दश हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । सत्तारुढ गठबन्धनले चुनावको समयमा खानेपानी र विद्युत् निःशुल्क उपलब्ध गराउने घोषणा गरे अनुसार हेटौंडा उपमहानगरपालिकाले सो निर्णय गरेको हो ।गठबन्धनबाट निर्वाचित भएकी हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बिहीबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग भएको बैठकले सो निर्णय गरेको हो । मेयर लामाको चुनावी घोषणा अनुसार उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममा सो योजनालाई समेटिएको थियो । मे