हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी नि:शुल्क उपलब्ध गराउने भएको छ । बिहीबार उपमहानगरमा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।