काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ स्थित विजयस्मारक माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको उजुरी परेपछि छानबिन गरिरहेको छ। महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाले उजुरीका आधारमा छानबिन भइरहेको जानकारी दिए।विद्यालयले कोभिड–१९ मा विद्यालय बन्द भएका वेला खाजा भत्ता लिएको बील बनाएपछि त्यहाँका १५ जना शिक्षकले साउन १२ गते सत्यतथ्य छानबिन गर्न माग गर्दै महानगरपालिकाको शिक्षा विभागमा ध्यानाकर्षणपत्र बुझाएका थिए।उक्त विषयमा समाचार छापिएको १