यौन हिंसा कि आर्थिक अनियमितता ?

काठमाडौं । नेकपा (एमाले) को तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई ‘महिलाप्रति अभद्र व्यवहार’ गरेको आरोप लगाएकी रश्मिला प्रजापतिलाई आर्थिक अनियमितता आरोप लगाइएको लिखत सार्वजनिक भएको छ । स्थापित पक्षधरहरूले सोमबार सामाजिक सञ्जालहरूमा २०६० श्रावण ३ गतेका बैठकको निर्णयको लिखत सार्वजनिक गरेका हुन्, जसमा कामपाका पूर्व कर्मचारी प्रजापतिमाथि आर्थिक अनियमितता आरोप लगाइएको छ । […]