एजेन्सी । अलिबाबा कम्पनीका संस्थापक ज्याक मा पछिल्ला दुुई महिनादेखि सार्वजनिक कार्यक्रममा उपस्थित छैनन् । सामाजिक सञ्जालमा उनको विषयमा अनेक अड्कल हुन थालेको छ । एक टिभी शोमा उनी जजका रुपमा सहभागी हुने कार्यक्रम थियो, तर यसमा पनि नदेखिएपछि उनीबारे ठूलो चर्चा भएको हो ।द हिन्दूमा छापिएको समाचारअनुसार सांघाईमा गत अक्टुबरको अन्त्यमा एक फोरममा सहभागी भएयता ज्याक मा सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । त्यस फोरममा बोल्दै ज्याक माले चीनको नियामक प्रणालीबारे प्रश्न उठाएका थिए । यसकारण, उनीसँग चिनियाँ अध