इमिली एट्याकसँगको प्रेममा ज्याक ग्रियलिस

इंग्लिस फुटबलर ज्याक ग्रियलिस अहिले अभिनेत्री इमिली एट्याकसँगको प्रेम सम्बन्धमा छन् । उनीहरुबीच गोप्य डेट चलिरहेको छ । ज्याकले उनलाई दैनिकजसो कल गर्ने गरेको समाचार बेलायत सञ्चारमाध्यम द सनमा प्रकाशित छ ।यस सञ्चारमाध्यमका अनुसार उनीहरुबीच एट्याकको घर र म्यानचेस्टर होटलमा निरन्तर भेट हुने गरेको छ । यससँगै ज्याक र उनकी प्रेमिका सासाबीचको सम्बन्ध बिग्रिएको अनुमान लगाइएको छ । गत सेप्टेम्बरयता ३१ वर्षीय इमिलीसँग २६ वर्षे ज्याकको भेटघाट बाक्लिएको छ । त्यसयता कम्तिमा दुईपटक उनीहरुबीच दुईपटक भेट भएक