चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता

चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् । उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा ११ बजे उनी चढेको जहाज उडेको हो । ज्याक मा नेपालमा मंगलबार आएका थिए । नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमा समेत पुगेका थिए । उनी नेपाल आउनुको कारण...

सम्बन्धित सामग्री

माछापालन र कृषितिर लागे ज्याक मा

प्रविधि उद्योग सञ्चालनमा ख्यातीप्राप्त चिनियाँ धनाढ्य ज्याक मा हिजोआज कृषिसम्बन्धी परियोजनाहरूमा संलग्न छन् । ई-कमर्स जायन्ट अलिबाबाका सहसंस्थापक उनी पछिल्ला केही वर्षयता कृषि-प्रविधिसम्बन्धी अध्ययनमा जुटेका छन् । अहिले सेवा निवृत्त जीवन बाँचिरहँदा उनले एग्रो-टेक स्टार्टअपमा लगानी गरेको पाइएको छ ।

फरेस्ट गम्पबाट प्रभावित ज्याक मा

चिनियाँ धनाढ्य ज्याक मा यतिवेला नेपाल भ्रमणमा छन् । उनले कैयौँ युवालाई आफ्ना सोच, विचार र अनुभवले प्रेरित गर्ने

चिनियाँ धनाढ्य ज्याक मा आज चितवनको मेघौली घुम्न जाने

मंगलबार नेपाल भ्रमणमा आएका चिनियाँ अर्बपति ज्याक मा आज चितवनको मेघौली घुम्ने भएका छन् । १५ दिने पर्यटकीय भिसामा नेपाल आएका चिनियाँ अर्वपति ज्याकको टोली  मेघौलीस्थित मेघौली सेराइ रिसोर्टमा बस्ने छन्ल ।   मेघौली सेराइ रिसोर्टमा सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीसँग भेट्‍ने कार्यक्रम रहेको छ । मेघौली सेराइ रिसोर्टका  सञ्चालक चौधरी ग्रुप (सिजी)का प्रबन्ध निर्देशक...

काठमाडौंमा ज्याक मा

चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा चिनियाँ धनाढ्य ज्याक मा नेपाल भ्रमणमा आएका छन् । हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा उनी मंगलबार दिउँसो काठमाडौं विमानस्थलमा अवतरण गरेका हुन् । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएका उनको जेटमा ६ जना चालक दलका सदस्य रहेको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।