चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले बुधबारदेखि निकुञ्जभित्र प्रवेशमा रोक लगाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची बाटो बिग्रने, जंगलका स–साना खोलामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो ।