बारा : पर्यटक भित्र्याउने उद्देश्यले पर्सा निकुञ्जले आफ्ना संरचनाहरू आकर्षक, मनमोहक र पर्यटनमैत्री बनाउन लागेको छ।प्रवेशद्वारमै आगन्तुकहरूका लागि सूचना केन्द्र, प्रतीक्षालय, व्यवस्थित पार्किङ, शौचालय, पानीपोखरी, मचान, आन्तरिक सडक पूर्वाधार दुरुस्त राख्न धमाधम काम भइरहेको छ।पर्सा निकुञ्जमा छिमेकी चितवन निकुञ्ज सरह सबैखाले दुर्लभ वन्यजन्तु र चराचुरुंगी देख्न पाइने भए पनि स्वदेशी तथा विदेशी पर्यटक यहाँ देख्न पाइँदैन।‘संरक्षणलाई केन्द्रविन्दुमा राखेर हामीले निकुञ्जको सौन्दर्यीकर