चाडपर्वमा तस्करी बढ्न सक्नेतर्फ चितवन निकुञ्ज सतर्क

चितवन : चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरी तस्करी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ। चाडपर्वका समयमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए।यसका लागि निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ। तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उनले बताए। निकुञ्जको ६७  सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानक