नेपालगञ्ज – लुम्बिनी प्रादेशिक विश्वविद्यालय बाँकेको खजुरामै स्थापना गर्न माग गर्दै विश्वविद्यालय स्थापना संघर्ष समितिले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार संघर्ष समितिकी संयोजक लुम्बिनी प्रदेश सांसद आरती पौडेल नेतृत्वको टोलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको हो। टोलीमा सांसद पौडेल, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, शिक्षा क्षेत्रका […]