दाङ : नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दाङले गत जेठ १४ गते गरेको निर्णय ५ दिन पछि फिर्ता लिएको छ।जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी लुम्बिनी प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ को दफा १३(१) (ङ) बमोजिम तोकिएको समय सीमाभित्र मात्र नदीजन्य पदार्थ बोकेको सवारी साधनहरू सञ्चालन गर्न तथा चलाउन दिनू/चलाउन लगाउनू भनेको छ।नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी संकट व्यवस्थापन समितिको गत जेठ १४ गतेको निर्णयको बुँदा नम्बर ५