कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाटलगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ । सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ । चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व