मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ ।
नगरपालिकाले आज सूचना नै जारी गरेर उत्खननमा पुनः रोक लगाएको हो ।
विगतका वर्षमा नगरपालिकाले असार, साउन र भदौ महिनामा मात्र सो कार्यमा रोक लगाउँदै आएको थियो ।
नगरपालिका क्षेत्र भएर बग्ने मेची, हडिया, निन्दा र टिमाई नदीको नदीजन्य पदार्थ ठेक्का लाग्ने प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म वडा कार्यालयलाई उत्खनन गर्न नगराउन जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए । उनले नदीजन्य पदार्थ उत्खनन नभए नभएबारे अनु...