कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्र्याक्टर समातिएपछि घटना बाहिर आएको हो । ट्र्याक्टरलाई जनप्रतिनिधि र स्थानयीवासीले नियन्त्रणमा लिएका थिए । कालीगण्डकी नदीबाट तीन वर्षयता नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा …