राज्यको आम्दानीको स्रोतको रूपमा चिनिएको नदीजन्य पदार्थ वातावरणीय परीक्षण प्रतिवेदनको आधारमा ठेक्का लगाएर निश्चित मापदण्डमा उत्खनन् गर्न पाइन्छ । तर म्याग्दीमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, नगर कर्मचारी, प्रशासन र सुरक्षा निकायको मिलमतोमा कार्यदेशविपरीत नदीको स्वरुप बिग्रने गरी नदी दोहन हुने गरेको छ । बेनी नगरपालिका–९ गलेश्वरस्थित कालिगण्डकी नदी र रघुगंगा नदीको संगमस्थलमा सम्झौताविपरीत नदीजन्य पदार्थ […]