विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन गरेका छन्।प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७८ अनुसार सामाजिक विकासमन्त्री राईले बुधबार आफूलाई प्राप्त अधिकारमध्ये महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय र अशक्त, गैरसरकारी संघ संस्था, समाज कल्याण, सामाजिक सुरक्षा र संरक्षण, गरिबी निवारण, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन, अध्यय