प्रदेश १ मा दलित समुदायबाट मन्त्री बनाउन माग

प्रदेश १ सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै दलित अगुवाहरूले सरकारलाई समावेशी बनाउन माग गरेका छन् । गत १७ कात्तिकमा मुख्यमन्त्री नियुक्त राजेन्द्र राईले चार विभागीय मन्त्री र एक राज्यमन्त्री गरी...

सम्बन्धित सामग्री

प्रदेश १ : समानुपातिकबाट ३७ जना को–को आउँदै छन् ?

विराटनगर : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएसँगै प्रदेश १ मा समानुपातिक प्रणालीबाट छानिने सांसदको लगभग टुंगो लागेको छ।प्रदेशका ३७ समानुपातिक सांसदमध्ये ३१ जना महिला हुनेछन्। प्रदेश १ मा समानुपातिक उम्मेदवार छनौट गर्दा आदिवासी जनजातितर्फ ४६.७९ प्रतिशत, खसआर्य २७.८४ प्रतिशत, दलित १०.०६ प्रतिशत, थारू ४.१५ प्रतिशत, मधेशी ७.५७ प्रतिशत, मुस्लिम ३.५९ प्रतिशत हुनुपर्नेछ। उनीहरूमध्ये १७.५३ प्रतिशत अल्पसंख्यक हुनुपर्नेछ।कूल ९३ सदस्यीय एक नम्बर प्रदेश

राष्ट्रिय दलित मञ्च माओवादी केन्द्रमा समाहित

दलित समुदायका अगुवाहरुले नेतृत्व गरेको राष्ट्रिय दलित मञ्च नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । विराटननगरस्थित माओवादी केन्द्रको प्रदेश १ पार्टी कार्यालयमा सोमबार एक औपचारिक कार्यक्रम गरी माओवादीमा प्रवेश गरेको घोषणा गरिएको हो । मञ्चका केन्द्रीय अध्यक्ष भीमकुमार लकान्द्रीको नेतृत्वमा अन्य पदाधिकारीसहित सिंगो संगठन माओवादी केन्द्रमा समाहित भएको छ । नेकपा एमाले निकट मुक्ति समाज नेपाल झापाका पूर्व उपाध्यक्ष लकान्द्री, मञ्चका उपाध्यक्ष नरेन्द्र घतानी, एमाले प्रदेश १ का सल्लाहकार गोपाल लकान्द

निर्वाचनमा समानुपातिक नेतृत्व हुनुपर्ने दलित जनप्रतिनिधिहरूको माग

दलित अधिकार ऐन निर्माण गराउने मागसहित १२ बुँदे घोषणापत्र जारी  प्रदेश १ का दलित जनप्रतिनिधिहरूले आगामी निर्वाचनमा सबै दलले समानुपातिक रूपले नेतृत्व दिलाउने प्रतिबद्धता जनाउन माग गरेका छन् । ५७औँ अन्तर्राष्ट्रिय जातीय...

‘दलित भन्ने कुरा मस्तिष्कबाटै हटाउनुपर्छ’

मोरङ – सबै नेपालीले आफ्नो मस्तिष्कबाट दलित भन्ने कुरालाई हटाउनुपर्ने प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताएका छन्। विराटनगरमा सोमबार आयोजित ५७औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले जातीयतामा अल्झनुभन्दा पनि काम गर्न सक्ने क्षमता बढाउनुपर्ने बताए। समता फाउन्डेसनले रिडेफ नेपाल तथा प्रदेश सरकारसँगको सहकार्यमा आयोजित दलित अधिकार सुनिश्चितताका […]

काँग्रेस अधिवेशन : प्रदेश १ मा पनि सुरु भयो मतदान

मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि नेपाली काँग्रेस प्रदेश १ को मतदान प्रक्रिया अघि बढाउने तयारी भएको छ।मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको निर्वाचन समितिका अधिकृत भरत थापाले बताए ।निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि तोकिएको थियो । तर मतपत्रमा तीन जनाको नाम छुटेपछि पाँच घण्टा पछि मतदान शुरु भएको हो ।

प्रदेश १ सरकारमा दलितलाई सधैँ उपेक्षा

प्रदेश १ मा मन्त्री बनाउन योग्य दलित सांसदहरू भए पनि न त गठबन्धनमा आबद्ध पार्टीले दलित सांसदलाई मन्त्री बनाउन सिफारिस गरेका छन्, न गठबन्धनबाटै कुनै निर्णय भएको छ प्रदेश १ को तेस्रो...

दलित मन्त्री बनाउन प्रदेश १ का दलित अगुवाहरुको माग

प्रदेश  १ को सरकारमा दलित समुदायलाई न्यायपूर्ण सहभागिता गराएर मन्त्री नियुक्त गर्न दलित अगुवाहरुले माग गरेका छन्। नेपालको संविधान २०७२ ले आत्मसात गरेको सामाजिक न्याय र समानुपातिक सिद्धान्तको मर्मअनुसार प्रदेश...

प्रदेश १ : काँग्रेसको वडा नेतृत्वमा महिला र दलितको उपस्थिति न्यून

प्रदेश १ मा महिला र दलित नेतृत्व स्थापित गर्ने सवालमा नेपाली काँग्रेस कमजोर देखिएको छ । राजनीतिक दलहरू समावेशी बन्नुपर्ने आवाज बुलन्द भइरहेका बेला १४ औं महाधिवेशनको मुखैमा प्रदेश १ का १३ जिल्लामा भर्खरै सम्पन्न काँग्रेसको वडा अधिवेशन र तिनले चयन गरेका नेतृत्वमा प्रदेशभरि जम्मा चार जनामात्रै महिला चुनिएका छन् ।यस्तै, दलित समुदायबाट प्रदेश १ मा दुई जना वडा सभापति चयन भएका छन् । त्यसमा पनि तराईका जिल्लामा महिला र दलितको उपस्थिति एकदमै कमजोर देखिएको छ ।प्रदेश १ का १३ जिल्लाका ९९८ वटा वडामा छानिएका क

शिक्षामन्त्री श्रेष्ठलाई पदमुक्त गर्न दलित अगुवाहरुको माग

प्रदेश १ का दलित अगुवाहरुले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन् । राष्ट्रियसभाका पूर्वसांसद खेम नेपालीको नेतृत्वमा दलितहरुले जातीय विभेदको पक्षपोषण गर्ने  मन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका हुन् ।पूर्वसांसद  नेपालीसहितका दलित अगुवाहरुले आइतबार जिल्ला प्रशासन मोरङमार्फत मन्त्रीलाई पदबाट हटाउन माग गर्दै  प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएका छन्। जातकै कारण कोठा भाडामा नदिएको अरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती श्रेष्ठलाई कानू

दलित समुदायमाथि अत्याचार गर्नेलाई कारबाहीको माग

भोजपुर, झापा र मोरङमा दलित समुदायमाथि भएको अमानवीय घटनाको विरोध गर्दै दोषीलाई कारबाही गर्न प्रदेश १ का डेढ सय दलित अगुवाहरूले सरकारसँग माग गरेका छन् । संघीय सांसद, स्थानीय जनप्रतिनिधि, विभिन्न...