विराटनगर : आफू नियुक्ति भएको ३ महिनापछि प्रदेश १ का राजेन्द्रकुमार राईले आज (आइतबार) बल्ल मन्त्रिमण्डल बनाएका छन्।गत कात्तिक १६ गते पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री नियुक्त भएका राईले ८ जना मन्त्री थपेर मन्त्रिपरिषदका सदस्य १४ पुर्याएका छन्।नेपाली कांग्रेसबाट ५, नेकपा एकीकृत समाजवादीबाट ४, माओवादी केन्द्रबाट ३ र जसपाबाट १ जना मन्त्री छन्। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री छन्।कांग्रेसबाट ओमप्रकाश सरावगी, प्रकाशप्रताप हाङगाम