विराटनगर : प्रदेश १ ले पहिलो कार्यकालमा नाम नपाए पनि तीनजना मुख्यमन्त्री पायो। झण्डै साढे तीन वर्षको अन्तरालमा राजनीतिक दलको मतभेदले निम्त्याएको असहज परिस्थितिमा बनेको सरकारसँगै प्रदेश १ मा तीस मन्त्री तथा राज्यमन्त्री छन्।तीस मन्त्री एवम् राज्यमन्त्रीमध्ये १८ जना बहालवाला मन्त्री र पूर्वमन्त्रीहरू मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन्।फेरिएको राजनीतिक परिस्थिति र समीकरणबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका मन्त्री तथा पूर्वमन्त्रीहरूलाई विगतमा भन