काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढी-पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न प्रदेश १ का विभिन्न जिल्ला जाँदैछन्।प्रधानमन्त्रीको टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की‚ ऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल‚ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ रहने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।टोलीले इलाम‚ पाँचथरको विभिन्न ठाउँमा बाढीपहिरोले पारेको क्षतिको हेलिकोप्टरबाट निरक्षण गर्ने कार्यक्रम रहेको छ।