प्रदेश–१ सरकारमा ५ जना मन्त्री थपिए

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले ५ जना नयाँ मन्त्री थप गरेका छन् ।यसरी थपिने मन्त्रीहरूलाई बुधबार साँझ सपथग्रहण गराइएको छ ।थपिने मन्त्रीहरूमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार, ५ विनाविभागीयसहित ८ मन्त्री थपिए

भागबण्डाको किचलोका बीच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ५ जना बिनाविभागीय सहित ८ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रदेश नं १ को मन्त्रिपरिषद् विस्तार : ५ जना मन्त्री थपिए

भदौ ३०, विराटनगर । प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल बुधवार विस्तार गरिएको छ ।  विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई जना मन्त्री र तीन जना राज्यमन्त्री थप गरिएको छ । नवनियुक्त मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हिराकुमार थापा छन् ।  उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्ति गरिएको छ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले बुधवार साँझ मुख्यमन्त्री भीमप्रसाद आचार्यको सिफारिसमा नियुक्त मन्त्री न्यौपाने र थापालाई पद तथा गोपनीयताको शपथ गराए ।  प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार शपथ गराएका हुन् ।  यसैगरी मुख्यमन्त्री आचार्यले राज्यमन्त्री बस्नेत, राजवंशी र अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराए । समारोहमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव, उच्चपदस्थ कर्मचार तथा सुरक्षा अधिकारीको सहभागिता रहेको थियो । रासस