प्रदेश १ प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा तीन मुख्यमन्त्री बने भने ३० जना मन्त्री तथा राज्यमन्त्री बने । मुख्यमन्त्री तथा मन्त्रीहरू (बहालवाला तथा पूर्व) गरेर १८ जना पुनः आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका छन् । बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारका ९ मन्त्री चुनावी मैदानमा छन् भने शेरधन राई नेतृत्वको सरकारका ६ जना र भीम आचार्य नेतृत्वको सरकारका ३ जना मन्त्री चुनावी मैदानमा छन् ।प्रदेश सरकारका २ पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरबाट र भीम आचार्य सुनसर