नाडा अध्यक्षमा ध्रुव थापा विजयी

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी धु्रवबहादुर थापा विजयी भएका छन् । थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । उनले अध्यक्षका प्रत्यसी करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै आगामी दुई वर्षका लागि नाडाको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् । गत बुधबार र बिहीबारदेखि काठमाडौंमा सञ्चालित […] The post नाडा अध्यक्षमा ध्रुव थापा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सर्वसम्मत चुनियो नाडाको केन्द्रीय कार्यसमिति

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वले पूर्णता पाएको छ । नाडाको ४७औं वार्षिक साधारणसभाबाट अध्यक्षमा करण चौधरीसहित १७ जना केन्द्रीय कार्यसमिति सदस्य सर्वसम्मत चुनिएका हुन् । आइतवार चौधरीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नाडाको विधान ०७१ को संशोधित विधान ०८० बमोजिम निवर्तमान अध्यक्ष ध्रुव थापा, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ चुनिएका हुन् । बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंघानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । समितिका संस्थागत सदस्यहरूमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई र भद्र भण्डारी चुनिएका छन् ।  बैठकले कार्यसमिति सदस्यमा सुनील रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, सञ्जयकुमार खेतान, नवराज भुसाल, ऋद्धि कार्की, दीपेन्द्रकुमार मिश्र र सौरभ थापालाई निर्वाचित गरेको छ । त्यस्तै नवनिर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, नीलमणि पाठक र सोहन श्रेष्ठलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका छन् ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसन अध्यक्षमा पिया

चितवन (अस) । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका छन् । शनिबार सम्पन्न एसोसिएसनको पाँचौं वार्षिक साधाणसभा तथा तेस्रो अधिवेशनले आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । एसोसिएसनको  प्रथम उपाध्यक्षमा इन्द्रप्रसाद रेग्मी, द्वितीय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा विमलकुमार पौडेल, कोषाध्यक्षमा यज्ञप्रसाद पौडेल  चयन भएका छन् । यस्तै, सदस्यमा रविनकुमार श्रेष्ठ, जनककुमार ढकाल, बालकृष्ण ओली, भीमसेन श्रेष्ठ र सुरेशकुमार चौधरी चयन भएको निर्वाचन संयोजक  अर्जुन अधिकारीले बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ सहभागी कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष ध्रुव थापा, केन्द्रीय सदस्य गोपाल भट्टराई, नासाका (नेपाल अटोमोबाइल स्पोर्ट एसोसिएसन) का सल्लाहकार गोविन्द भट्टराईलगायतले शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट सचिव इन्द्रप्रसाद रेग्मी र कोषाध्यक्ष विमलकुमार पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ  । कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष थापा र केन्द्रीय  सदस्य भट्टराईलाई सम्मान गरिएको थियो ।

चितवन अटोमोबाइल डिलर्स एशोशिएसनको अध्यक्षमा राजन पिया चयन

फागुन ७, चितवन । चितवन अटोमोबाइल डिलर्स एशोशिएसनको अध्यक्षमा राजन पिया चयन भएका छन । शनिवार सम्पन्न एशोशिएसनको पाँचौं वार्षिक साधाण सभा तथा तेस्रो अधिबेसनले पियाको अध्यक्षतामा आगामी दुई वर्षको लागि ११ सदस्यीय नयाँ समिति चयन गरेको हो ।  एशोशिएसनको  प्रथम उपाध्यक्षमा इन्द्र प्रसाद रेग्मी द्वितिय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा विमल कुमार पौडेल, कोषाध्क्षमा यज्ञ प्रसाद पौडेल  चयन भएका छन । यसैगरी सदस्यमा रबिन कुमार श्रेष्ठ, जनक कुमार ढकाल, बालकृष्ण ओली, भीमसेन श्रेष्ठ र सुरेश कुमार चौधरी चयन भएको निर्वाचन संयोजक  अर्जुन अधिकारीले जानकारी दिए ।  उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष ध्रुव थापा, केन्द्रीय सदस्य गोपाल भट्टराई, नेपाल अटोमोबाइल स्पोर्ट एशोशिएसन (नासा) का सल्लाहकार गोविन्द भट्टराई, जिल्ला ट्राफिक कार्यालयका निमित्त कार्यालय प्रमुख अर्जुन पौडेल, निर्वाचन संयोजक अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए । निवर्तमान अध्यक्ष ईश्वर कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो साधारण सभा तथा अधिवेशनबाट सचिव ईन्द्रप्रसाद रेग्मी र कोषाधयक्ष विमलकुमार पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ  । कार्यक्रममा नाडा अटोमोबाईल्स एशोशिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष थापा र केन्द्रीय  सदस्य भट्टराईलाई सम्मान गरिएको थियो । सो अबसरमा एशोशिएसनले स्मारिका विमोचन गरेको थियो ।

नाडाको अध्यक्षमा ध्रुव थापा निर्वाचित, करण चौधरी ६६ मतले पराजित

मंसिर २४ , काठमाडौं । अटो मोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । उनले अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पराजित गरेका हुन् ।हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १ हजार ४१३ मत पाएका थिए भने सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १ हजार ३४७ मत पाएका थिए ।  त्यसैगरी सदस्यतर्फ मिलनबाबु मल्ल, अनुपकुमार मल्ल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई विजयी भएका छन् । त्यसैगरी निलमणि पाठक, वरदान बस्नेत र पंकज अग्रवाल विजयी भएका छन् ।

नाडामा थापाले मारे बाजी, ६६ मतले चौधरी पराजित

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा व्यवसायी ध्रुव थापा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापाले विजय हासिल गरेका हुन् । विजयी थापाले १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत ल्याएका छन् ।अन्य १७ कार्यसमिति सदस्यमा भने करण चौधरीको प्यानलको बहुमत आएको छ। १२ जना करण चौधरीको प्यानल र ५ जना थापा प्यानलबाट कार्यसमिति सदस्यमा  जित हासिल गरेका छन्। करण चौधरीको प्यानलबाट मिलन बाबु मल्ल १४ सय ६४, अनुप कुमार बराल १४ सय ६२ , राजनबाबु श्रेष्ठ १४ सय

नाडा अध्यक्षमा थापा विजयी

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहिबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार ६६ मत अन्तरले थापा विजयी भएका हुन् । थपाले १४१३ र उनका प्रतिद्वन्द्वी करण चौधरीले १३४७ मत ल्याएका थिए ।

मेरो जित सुनिश्चित छ : करण चौधरी

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको वर्तमान उपाध्यक्ष हुन् करण चौधरी । चौधरीले नाडाको आसन्न ४५ औँ साधारणसभा र सोही सभाले चयन गर्ने नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धी ध्रुव थापा हुन् । फरक प्यानल नै बनाएर चुनावी सङ्ग्राममा उत्रिएका चौधरी र थापाबीच यसपटक नाडामा निकै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, चौधरी र थापा दुवै अध्यक्षमा आफू नै निर्वाचित हुने दाबी गरिरहेका छन् । अध्यक्ष पदमा दाबेदार चौधरीसँग गरिएको कुराकानी :नाडा अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

नाडामा एकाधिकार तोड्न मेरो उम्मेदवारी : ध्रुव थापा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनीसँग अध्यक्षका अर्का दाबेदार व्यवसायी करण चौधरी भिड्दैछन् । अध्यक्षका बलिया दाबेदार मानिएका चौधरी र थापा दुवैले आफू नै विजयी हुने दाबी गर्दैछन् । निकै रस्साकस्सीबीच हुने यसपटकको निर्वाचनमा बाजी कसले मार्छ, त्यो भने मत परिणामसँगै टुङ्गो लाग्नेछ ।  नाडा चुनावका सन्दर्भमा अध्यक्षका प्रत्याशी व्यवसायी ध्रुव थापासँग गरिएको कुराकानी ::चुनावी दौडधूप निकै चलेको छ है !दौडधूप नै त नभनौँ,

'योगदानलाई हेरेर नेतृत्वमा सहमति गरौं'

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि आगामी बिहीबार निर्वाचन हुँदै छ । अध्यक्ष पदमा हालका उपाध्यक्ष करण चौधरी र कार्यसमिति सदस्य ध्रुव थापा प्यानलसहित उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका थापाका चुनावी एजेन्डा, अटोमोबाइल्स क्षेत्रका मुद्दा र सहमतिको सम्भावनाबारे कान्तिपुरका लागि कृष्ण आचार्य, विमल खतिवडा र नुमा थाम्सुहाङले गरेको कुराकानीको सम्पादित अंश :

नाडा निर्वाचनमा चौधरी र थापाको प्यानलः कुन समूहमा को को छन् उम्मेद्वार ?

अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनका अध्यक्षमा करणकुमार चौधरी र ध्रुव थापाबीच प्रतिस्पर्धा हुँदैछ । मंसिर २२ र २३ गते हुने ४५ औँ साधारणसभा र निर्वाचनले नाडाको अध्यक्षसहित १७ सदस्य निर्वाचित गर्नेछ । नाडामा ३१ सय हाराहारीमा सदस्य छन् ।चौधरी समूहका पदाधिकारी र सदस्यकरण चौधरी समूहले करिब करिब पदाधिकारी पनि टुंगो लगाएको छ । महासचिवमा २ कार्यकाल बिताईसकेका सुनिल रिजाल (वर्तमान महासचिव) उपाध्यक्ष बन्ने टुंगो लागेको छ । अब २ वर्षपछि हुने अर्को चुनावी साधारण सभामार्फत अध्यक्ष बनाउने भनिएका राजनबाबु श्रेष्ठ पनि उपाध्यक्ष बन्ने भएका छन् ।महासचिवमा सुरेन्द्र कुमार उप्रेती (सुरेश) को करिब करिब टुंगो लागेको छ । २ कार्यकाल सचिव भईसकेका अनुप बराललाई कसरी व्यवस्थापन गर्ने भन्ने छलफल जारी छ । उनी अब विधानकै कारण सचिव बन्न नपाउने भएपछि उनले पनि महासचिवमा दाबी गरेका छन् । करण चौधरी समूह स्रोतका अनुसार विधानमा भएको व्यवस्था अनुसार नै उनलाई सचिवबाट नघट्ने गरी पदाधिकारीमा सुनिश्चित गरिने छ ।कोषाध्यक्ष र सह–कोषाध्यक्षमा निशान ढकाल र अभिक ज्योतिको चाहना छ । प्रकाश कपुरी गत साधारणसभामै अध्यक्षको दाबेदार भएकाले उनलाई सम्मानजनक समितिको नेतृत्व दिने तयारी चौधरी समूहको छ । यसपटक पनि संगठन विस्तार समितिको सभापति रहेर कपुरीले ९ सय सदस्य रहेको नाडामा ३१ सय सदस्य पुर्याउन महत्वपूर्ण भूमीका खेलेकाले उनले संस्थालाई पर्याप्त समय दिन सक्ने देखिएकाले यसपटक पनि कपुरीलाई महत्वपूर्ण समितिको नेतृत्व दिने तयारी चौधरी समूहले गरेको बुझिएको छ ।यी बाहेक, मिलनबाबु मल्ल, बिक्रम सिंहानिया, अभिमन्यु गोल्छा र बरदान बस्नेत पनि टिममा छन् ।थापा समूहका पदाधिकारी र सदस्यध्रुव थापा समूहलाई लक्ष्मी हुण्डाईका निराकार श्रेष्ठ, फोर्ड मोटर्सका आकाश गोल्छा, हिट्को प्रा.लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रदिपमान प्रधान, जगदम्बा मोटर्सका दीपक अग्रवाल र सञ्जय खेतानको साथ छ ।थापा समूहबाट चुनाव लड्नेमा आकाश गोल्छा, अमर रन्जित, निराकार श्रेष्ठ, दिपेन्द्र मिश्र, रिद्धि कार्की, दिपक अग्रवाल, नवराज भुसाल, प्रदिप मान, प्रकाश सिग्देल, राजन पौडेल, सगुन कंसाकार, सञ्जय खेतान, सुवासिस थपलिया, यमुना श्रेष्ठ, कपिल सिवाकोटी र बि.एन. पाठक छन् ।उनीहरु अहिले सदस्यमा निर्वाचन लड्ने र निर्वाचन जितेपछि सहमतिमा पदाधिकारी टुंगो लगाउने थापा समूहको योजना छ ।लभिमन्यु गोल्छा र निशान ढकाललाई दुबै समूहले आफ्नो समूहमा रहेको बताउँदै आएका छन् ।