नाडा निर्वाचनमा चौधरी र थापाको प्यानलः कुन समूहमा को को छन् उम्मेद्वार ?

अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनका अध्यक्षमा करणकुमार चौधरी र ध्रुव थापाबीच प्रतिस्पर्धा हुँदैछ । मंसिर २२ र २३ गते हुने ४५ औँ साधारणसभा र निर्वाचनले नाडाको अध्यक्षसहित १७ सदस्य निर्वाचित गर्नेछ । नाडामा ३१ सय हाराहारीमा सदस्य छन् ।चौधरी समूहका पदाधिकारी र सदस्यकरण चौधरी समूहले करिब करिब पदाधिकारी पनि टुंगो लगाएको छ । महासचिवमा २ कार्यकाल बिताईसकेका सुनिल रिजाल (वर्तमान महासचिव) उपाध्यक्ष बन्ने टुंगो लागेको छ । अब २ वर्षपछि हुने अर्को चुनावी साधारण सभामार्फत अध्यक्ष बनाउने भनिएका राजनबाबु श्रेष्ठ पनि उपाध्यक्ष बन्ने भएका छन् ।महासचिवमा सुरेन्द्र कुमार उप्रेती (सुरेश) को करिब करिब टुंगो लागेको छ । २ कार्यकाल सचिव भईसकेका अनुप बराललाई कसरी व्यवस्थापन गर्ने भन्ने छलफल जारी छ । उनी अब विधानकै कारण सचिव बन्न नपाउने भएपछि उनले पनि महासचिवमा दाबी गरेका छन् । करण चौधरी समूह स्रोतका अनुसार विधानमा भएको व्यवस्था अनुसार नै उनलाई सचिवबाट नघट्ने गरी पदाधिकारीमा सुनिश्चित गरिने छ ।कोषाध्यक्ष र सह–कोषाध्यक्षमा निशान ढकाल र अभिक ज्योतिको चाहना छ । प्रकाश कपुरी गत साधारणसभामै अध्यक्षको दाबेदार भएकाले उनलाई सम्मानजनक समितिको नेतृत्व दिने तयारी चौधरी समूहको छ । यसपटक पनि संगठन विस्तार समितिको सभापति रहेर कपुरीले ९ सय सदस्य रहेको नाडामा ३१ सय सदस्य पुर्याउन महत्वपूर्ण भूमीका खेलेकाले उनले संस्थालाई पर्याप्त समय दिन सक्ने देखिएकाले यसपटक पनि कपुरीलाई महत्वपूर्ण समितिको नेतृत्व दिने तयारी चौधरी समूहले गरेको बुझिएको छ ।यी बाहेक, मिलनबाबु मल्ल, बिक्रम सिंहानिया, अभिमन्यु गोल्छा र बरदान बस्नेत पनि टिममा छन् ।थापा समूहका पदाधिकारी र सदस्यध्रुव थापा समूहलाई लक्ष्मी हुण्डाईका निराकार श्रेष्ठ, फोर्ड मोटर्सका आकाश गोल्छा, हिट्को प्रा.लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रदिपमान प्रधान, जगदम्बा मोटर्सका दीपक अग्रवाल र सञ्जय खेतानको साथ छ ।थापा समूहबाट चुनाव लड्नेमा आकाश गोल्छा, अमर रन्जित, निराकार श्रेष्ठ, दिपेन्द्र मिश्र, रिद्धि कार्की, दिपक अग्रवाल, नवराज भुसाल, प्रदिप मान, प्रकाश सिग्देल, राजन पौडेल, सगुन कंसाकार, सञ्जय खेतान, सुवासिस थपलिया, यमुना श्रेष्ठ, कपिल सिवाकोटी र बि.एन. पाठक छन् ।उनीहरु अहिले सदस्यमा निर्वाचन लड्ने र निर्वाचन जितेपछि सहमतिमा पदाधिकारी टुंगो लगाउने थापा समूहको योजना छ ।लभिमन्यु गोल्छा र निशान ढकाललाई दुबै समूहले आफ्नो समूहमा रहेको बताउँदै आएका छन् ।

सम्बन्धित सामग्री

निर्वाचन आयोगले देखाएको बदनियत

निर्वाचन आयोगले संघीय तथा प्रदेश सभाको लागि चुनाव लडेका झन्डै २५०० जना उम्मेद्वारलाई निर्वाचन खर्च सार्वजनिक नगरेको भनेर साउनको दोस्रो हप्ता प्रति उम्मेद्वार रु.१५  हजार जरिवाना सहित सूची प्रकाशित गर्यो। यो जरिवानाको सूचना निर्वाचन भएको मितिको ७ महिनापछि हो। चुनाव सम्पन्न भएको ५ महिनापछि गत वैशाखमा निर्वाचन आयोगले ७ दिने सूचना निकालेर आयोगमा निर्वाचन खर्च […]

उम्मेद्वार नपुग्ने दोलखाको दुर्गम गाउँ

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केही दिन मात्र बाँकी छ । उम्मेद्वार र नेताहरु घरदैलो र सभामा छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट ल्याउन गाडीको व्यवस्था पनि गरेका छन् ।निर्वाचनमा एक दुई मतले उम्मेदवारको भविष्य निर्धारण गर्छ । जसका लागि अनेकौं जुक्ति अपनाएर भएपनि […]

स्थानीय तहको उम्मेद्वार छनोटमा सकस : दुई वडा सदस्यका लागि दर्जन आकांक्षी

सुर्खेत : स्थानीय तहको निर्वाचन नजिकिएसँग दलका नेता कार्याकर्ता आफ्नो पार्टीलाई जिताउने भन्दै घरदैलो गर्ने क्रम ह्वातै बढेको छ। पार्टी प्रवेश कार्यक्रमको रापताप यो बेला देखिन्छ नै। यही रापमा आफ्नो दलको उम्मेदवार टुंगो लगाउन लागिपरेका छन् दलहरु। यद्यपि आकांक्षी धेरै देखिएपछि उम्मेद्वार टुंगो लगाउन दलहरुलाई हम्मे परेको देखिन्छ। प्रदेशको राजधानी…

बागमती प्रदेशमा गठबन्धनका दुवै उम्मेद्वार विजयी

हेटौँडा – बागमती प्रदेशमा पाँच दलीय गठबन्धनले जित हासिल गरेको छ। बुधबार भएको राष्ट्रियसभा सदस्य चुनावमा महिलातर्फ गठबन्धनबाट उम्मेद्वार बनेकी समाजवादीकी गोमादेवी तिमिल्सिना र अन्यतर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन्। प्रतिस्पर्धी एमालेले महिलामा निरकुमारी कुँवर र अन्यमा गोपाल शाक्यलाई उम्मेद्वार बनाएको थियो। निर्वाचन आयोगका अनुसार तिमल्सिनाले स्थानीय तहतर्फ ११६ पालिका प्रमुख तथा उपप्रमुख […]

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका तीनै उम्मेद्वार विजयी

बुटवल : लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका सबै उम्मेद्वार विजयी भएका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)का राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन्। उनीहरुले एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन्। मतपरिणाममा गठबन्धनका…

बारामा देउवा खेमा हाबी : चार वटै क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी

वीरगंज : बारामा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा चार वटै क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी भएका छन्। विभिन्न स्थानमा सर्वसम्मतमै अधिवेशन भइरहँदा बाराका चार वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा निर्वाचन भएको हो। मत परिणाम अनुसार क्षेत्र नम्बर १ को सभापतिमा विजय शंकर यादव विजयी भएका छन् भने क्षेत्र नम्बर २ मा…