नाडाको अध्यक्षमा ध्रुव थापा निर्वाचित, करण चौधरी ६६ मतले पराजित

मंसिर २४ , काठमाडौं । अटो मोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । उनले अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पराजित गरेका हुन् ।हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १ हजार ४१३ मत पाएका थिए भने सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १ हजार ३४७ मत पाएका थिए ।  त्यसैगरी सदस्यतर्फ मिलनबाबु मल्ल, अनुपकुमार मल्ल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई विजयी भएका छन् । त्यसैगरी निलमणि पाठक, वरदान बस्नेत र पंकज अग्रवाल विजयी भएका छन् ।