मेरो जित सुनिश्चित छ : करण चौधरी

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको वर्तमान उपाध्यक्ष हुन् करण चौधरी । चौधरीले नाडाको आसन्न ४५ औँ साधारणसभा र सोही सभाले चयन गर्ने नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धी ध्रुव थापा हुन् । फरक प्यानल नै बनाएर चुनावी सङ्ग्राममा उत्रिएका चौधरी र थापाबीच यसपटक नाडामा निकै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, चौधरी र थापा दुवै अध्यक्षमा आफू नै निर्वाचित हुने दाबी गरिरहेका छन् । अध्यक्ष पदमा दाबेदार चौधरीसँग गरिएको कुराकानी :नाडा अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?